काठमाडौं। टिकटक बन्द भएसँगै नेपाली कम्पनी आइडिया जारले विकास गरेको सर्ट भिडियो सेयरिङ एप ‘रमाइलो’को सेवा आइफोन प्रयोगकर्ताले पनि लिन सक्ने भएका छन्।
यसअघि रमाइलो एप एन्ड्रोइड मोबाइल फोन प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउने सुविधा रहेकामा अब आइफोन प्रयोगकर्ताका लागि उपलब्ध भएको कम्पनीका सह-संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत गृहेन्द्र घिमिरेले बताए।
आइफोन प्रयोगकर्ताले आफ्नो एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्नेछन्। उनका अनुसार संचालनमा आएको छोटो समयमै एप डाउनलोड संख्या एक लाख नाघेको छ।
‘आईफोन प्रयोगकर्ताले रमाइलोबारे धेरै नै चासो देखाउनुभएको छ। उहाँहरूका लागि पनि एप उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं,’ उनले भने।
एपको एन्ड्रोइड भर्सनमा दैनिक करिब एक लाख सक्रिय प्रयोगकर्ता छन्। एपमा अहिले डार्क मोड, सर्ट्स लगायत अन्य फिचर बिस्तार गरिएको उनले बताए। टिकटक प्रयोगकर्ताका लागि यो एप उत्तम भएको कम्पनीको दाबी छ।
टिकटकमा गत कात्तिक २७ गतेदेखि सरकारी प्रतिबन्ध छ।