BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीको निर्देशनपछि मौद्रिक समीक्षा पारित गर्न बस्यो राष्ट्र बैंकको सञ्चालक समिति

२०८० मंसिर २२

अर्थमन्त्रीको निर्देशनपछि मौद्रिक समीक्षा पारित गर्न बस्यो राष्ट्र बैंकको सञ्चालक समिति
अर्थमन्त्रीको निर्देशनपछि मौद्रिक समीक्षा पारित गर्न बस्यो राष्ट्र बैंकको सञ्चालक समिति


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबार गर्ने भएको छ। राष्ट्र बैंकको सञ्चालक समितिमा अहिले समीक्षा पारित गर्न छलफल भइरहेको छ।

Tata
GBIME
NLIC

हिजो दिउँसो गभर्नर महाप्रसाद अधिकारीले अध्यक्षता गर्ने व्यवस्थापन समितिले समीक्षा पारित गरिसकेको छ।

राष्ट्र बैंकले करिब एक महिना ढिलो गरेर समीक्षा सार्वजनिक गर्न लागेको हो। राष्ट्र बैंकले समीक्षामा मौद्रिकतर्फभन्दा बढी नियामकीय प्रावधानहरु चलाउने तयारी गरेको छ।

ब्याज दर घट्दो क्रममा रहेकाले उसले मुद्रा प्रदाय बढाउने रणनीतिभन्दा नियामकीय प्रावधानले अप्ठेरो पारेको क्षेत्रहरुलाई खुकुलो बनाउन लागेको हो।

बिहीबार दिउँसो अर्थमन्त्री डा. प्रकाशशरण महतले गभर्नर अधिकारीसहित सञ्चालकहरुलाई डाकेर छलफल गरेका थिए। उनले अहिले निकै विषम अवस्था रहेको भन्दै यसपालि लचकता अपनाइदिन आग्रह गरेका थिए।