BIZMANDU
www.bizmandu.com

सेनाको प्राविधिक अधिकृत पदमा खुल्यो भर्ना, कुन कुन पदमा दिन सकिनेछ दरखास्त?

२०८० मंसिर २२

सेनाको प्राविधिक अधिकृत पदमा खुल्यो भर्ना, कुन कुन पदमा दिन सकिनेछ दरखास्त?
सेनाको प्राविधिक अधिकृत पदमा खुल्यो भर्ना, कुन कुन पदमा दिन सकिनेछ दरखास्त?

काठमाडौं । नेपाली सेनाले प्राविधिक अधिकृत पदमा भर्ना खुलाएको छ। प्राड-प्राविधिक-विविध सेवा तर्फ अधिकृत पदमा भर्ना खुलाइएको हो।

Tata
GBIME

आज सूचना जारी गर्दै सेनाले विभिन्न अधिकृत पदहरुमा खुला तथा समावेश प्रतियोगिताबाट पदपूर्ति गर्ने जनाउँदै दरखास्त आह्वान गरेको हो

सेनाले प्राड उपसेनानी, प्राविधिक उपसेनाननी अन्तर्गत एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेकनिसियन, क्लिनिकल साइकोलोजिस्ट, सिभिल इन्जिनियर, मेकालिनल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर पदमा दरखास्त खुलाएको हो।

यस्तै, सेनाले समाचार सम्पादक/वाचक, फोटोग्राफर, लाइब्रेरियन र अर्क्रेष्टा र लेखा उपसेनानीमा पनि जागिर खुलाएको छ।

खुला गरिएका पदमा मंसिर २२ गतेदेखि पुस २१ गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुरमा पुस २८ सम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ। दरखास्त शुल्क एक हजार रुपैयाँ रहेको छ भने रकम नेपाल राष्ट्र बैंकमा डिपोजिट गर्नुपर्नेछ।

सेनाले सूचनामार्फत खुलाएको पदमा आवश्यक योगयता पनि तोकेको छ। सबै पदमा दरखास्त दिन चाहनेको उचाई न्यूनतम ५ फिट ३ इन्च हुनुपर्नेछ। १८ वर्ष उमेर पूरा भई २९ वर्ष ननाघेका पुरुष र १८ वर्ष उमेर पूरा भई ३० वर्ष ननाघेका महिलालेमात्रै आवेदन दिन पाउनेछन्।