BIZMANDU
www.bizmandu.com

एयर न्यूजिल्याण्डले २०२६ मा विद्युतीय विमान संचालनमा ल्याउने, एक घण्टामै हुनेछ ब्याट्री चार्ज

२०८० मंसिर २१

एयर न्यूजिल्याण्डले २०२६ मा विद्युतीय विमान संचालनमा ल्याउने, एक घण्टामै हुनेछ ब्याट्री चार्ज
एयर न्यूजिल्याण्डले २०२६ मा विद्युतीय विमान संचालनमा ल्याउने, एक घण्टामै हुनेछ ब्याट्री चार्ज


एयर न्यूजिल्याण्डले सन् २०२६ सम्ममा ब्याट्रीबाट चल्ने इलेक्ट्रिक प्लेन संचालन गर्ने योजना बनाएको छ। सो कम्पनीको योजना सफल भए विश्वमा विद्युतीय विमान संचालन गर्ने पहिलो हुनेछ।

Tata
GBIME
NLIC

न्यूजिल्याण्डको राष्ट्रिय विमान कम्पनीले अमेरिकाको एरोस्पेस निर्माण कम्पनी बेटा टेक्नोलोजीलाई विद्युतीय एएलआइए एयरक्राफ्ट बनाउन अर्डर दिइसकेको छ।

पहिलो चरणमा यो विमानले न्यूजिल्याण्ड पोस्टसँगको सहकार्यमा आन्तरिक रुटमा कार्गो सेवा दिनेछ।

आफूहरु ‘नेक्स्ट जेनेरेसन एयरक्राफ्ट’ व्यवसायिक रुपमा उडाउने पहिलो हुने लक्ष्य लिएको कम्पनीले जनाएको छ। ब्याट्रीबाट चल्ने विमानले यात्रुलाई नै राखेर सेवा दिने मिति भने अहिले नै तय भइनसकेको कम्पनीले जनाएको छ। इलेक्ट्रिक विमानको ब्याट्री १ घण्टामा नै चार्ज हुने र अन्य इन्धनले जस्तै चल्ने विमानजस्तै संचालन हुने जनाइएको छ।

यसअघि गत मे महिनामा स्कनडेभियन एयरलाइन्सले सन् २०२८ मा इलेक्ट्रिक विमान संचालन गर्ने घोषणा गरेको थियो।