BIZMANDU
www.bizmandu.com

आर्थिक मन्दी प्रधानमन्त्रीका लागि टाउको दुखाइ, अर्थतन्त्रमा सुधारका लागि नयाँ घोषणाको तयारी

२०८० मंसिर २१

आर्थिक मन्दी प्रधानमन्त्रीका लागि टाउको दुखाइ, अर्थतन्त्रमा सुधारका लागि नयाँ घोषणाको तयारी
आर्थिक मन्दी प्रधानमन्त्रीका लागि टाउको दुखाइ, अर्थतन्त्रमा सुधारका लागि नयाँ घोषणाको तयारी


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा सुधारका लागि नयाँ घोषणाको तयारीमा रहेको बताएका छन्।

Tata
GBIME
NLIC

उनले बिहीबार राष्ट्रिय व्यावसायिक पहलको आयोजनामा काठमाडौंमा सुरु भएको जिम्मेवार व्यवसाय सम्मेलनको चौंथो संस्करण उद्‍घाटन गर्दै अर्थतन्त्रमा सुधारका लागि वृहत बैठक गरी नयाँ घोषणाको तयारी गरिरहेको बताएका हुन्।

‘अर्थतन्त्रका तथ्यांक हेर्दा सुधारको अनुभूति भएपनि जनतामा आशाको रक्तसञ्‍चार भएको छैन। त्यसैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ वृहत बैठक र नयाँ घोषणाको तयारी गरेको छु,’ उनले भने।

प्रधानमन्त्री दाहालले अर्थतन्त्रका समस्या समाधानका उपाय पहिल्याउन भन्दै यसअघि मंसिर ५ गते राजनीतिक दलका प्रतिनिधि, अर्थविद्, निजी क्षेत्र लगायत सरोकारवालाको उपस्थितिमा गोलमेच गरेका थिए।

रेमिटेन्स, विदेशी मुद्राको सञ्‍चिति लगायत अर्थतन्त्रका बाह्‍य सूचकमा निरन्तर सुधार भइरहेपनि आन्तरिक अर्थतन्त्र मन्दीको अवस्थामा रहेपछि प्रधानमन्त्री फेरि अर्को छलफल गर्ने तयारीमा लागेका हुन्।

उनले बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महतकै सामुन्‍ने अहिलेको काम गराइले अर्थतन्त्रमा सुधार सम्भव नरहेको बताएका थिए। बजारमा माग बढ्न नसकेकाले कर्जा लगानी खासै बढ्न सकेको छैन।