BIZMANDU
www.bizmandu.com

आफ्नो सेयर बिक्री विवादमा परेपछि एनसेलले भन्यो- कारोबारमा कानुनअनुसार कर तिर्न तयार छौं

२०८० मंसिर २१

आफ्नो सेयर बिक्री विवादमा परेपछि एनसेलले भन्यो- कारोबारमा कानुनअनुसार कर तिर्न तयार छौं
आफ्नो सेयर बिक्री विवादमा परेपछि एनसेलले भन्यो- कारोबारमा कानुनअनुसार कर तिर्न तयार छौं


काठमाडौं। एनसेलले आफ्नो सेयर कारोबारको मूल्य इच्छुक क्रेता र बिक्रेतामार्फत निर्धारण गरिएको बताएको छ।

Tata
GBIME
NLIC

आठ वर्षअघि १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको सेयर आजियाटाले एक साताअघि जम्मा ६ अर्ब ६० करोड रुपैयाँमा बेचेको विषयलाई लिएर अनेक आशंका भइरहेका बेला एनसेलले सेयर मूल्य र संरचना क्रेता र विक्रेतामार्फत निर्धारण गरिएको बताएको हो।

एनसेलका स्थानीय साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडले आजियाटासँग ८० प्रतिशत सेयर किनेको थियो। एनसेलले स्पेक्ट्रलाइट युके लिमिटेड प्रतिस्पर्धाबाट छानिएको बताएको छ।

‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो सेयर बिक्रीका लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीमध्येबाट पहिलो भइ छानिएको हो,’ स्पेक्ट्रलाइट युके लिमिटेडका सेयरधनी सतिशलाल आचार्यलाई उदृत गर्दै विज्ञप्‍तिमा भनिएको छ।

एनसेलले अहिलेसम्म सबै कर तिरी त्यसको प्रमाणीकरण कर कार्यालयबाट भएको छ र अहिलेको कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भए नेपालको कानुनअनुसार तिर्ने बताएको छ।

‘यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध छ र आफ्ना सम्पूर्ण सरोकारवालालाई एक जिम्मेवार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्‍चित गराउन चाहन्छौं,’ विज्ञप्‍तिमा भनिएको छ।