BIZMANDU
www.bizmandu.com

नबिल बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, ९ प्रतिशत ब्याज, सात वर्षमा परिपक्व

२०८० मंसिर २१

नबिल बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, ९ प्रतिशत ब्याज, सात वर्षमा परिपक्व
नबिल बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, ९ प्रतिशत ब्याज, सात वर्षमा परिपक्व


काठमाडौं। नबिल बैंकले ९ प्रतिशत ब्याजको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो।

Tata
GBIME
NLIC

बैंकले मंसिर २९ देखि पुस ३ गतेसम्म ऋणपत्र बिक्री गर्ने छ। ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ नाम दिइएको ऋणपत्र कुल ३ अर्ब रुपैयाँको हुनेछ।

अंकित मूल्य १ हजार रुपैयाँ दरको ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरले बिक्री गरिने छ। बाँकी सर्वसाधारणका लागि छुट्याइएको छ।

देशभरका २६५ स्थानबाट कारोबार गर्दै आएको नबिल बैंक पहिलो विदेशी संयुक्त लगानीको बैंक हो। बैंकले पुँजी आवश्यकता पूर्तिका लागि ऋणपत्र जारी गर्न लागेको हो।

ऋणपत्रका लागि कम्तिमा २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। बजारको ब्याज दर घट्दो क्रममा रहेका बेला बैंकले ७ वर्षसम्म निरन्तर ९ प्रतिशत ब्याज दिने गरी ऋणपत्र जारी गरेको हो।