काठमाडौं। उच्च मूल्यमा पुगेको सुन दुई दिनमै तोलामा ३ हजार २ सय रुपैयाँ घटेको छ। बुधबार कारोबार मूल्य तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत सोमबार प्रति तोला १ लाख २१ हजार ६ सय भएर हालसम्मकै उच्च बनेको मूल्यमा मंगलबार २ हजार ४ सय र बुधबार ८ सय रुपैयाँ घटेको हो। मंगलबार तोलाको १ लाख १९ हजार २ सय रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजार कारोबारमा तीन दिनयता क्रमिक घट्दै छ। त्यसैले नेपालमा पनि घटेर मूल्य निर्धारण भएको महासंघले जनाएको छ।
चाँदी अघिल्लो दिनका तुलनामा २० रुपैयाँ घट्दा बुधबार तोलाको १४ सय ८० भएको छ। मंगलबार १५ सय रुपैयाँ थियो। आइतबार र सोमबार तोलाको १५ सय ४५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस २०२२.७९ डलरले कारोबार भइरहेको छ। आइतबार प्रति औंस २०७२.१३ डलर पुगेको कारोबार मूल्य बढ्दै सोमबार २०८९.१ डलर भएको थियो। मंगलबार घटेर प्रति औंस २०३२.८४ डलर भएको थियो।
चाँदीमा पनि गिरावट छ। बुधबार प्रति औंस २४.२६ डलर छ। गत आइतबार २५.४७ डलर थियो। सोमबार २५.५ डलरमा आएको चाँदी मंगलबार अझ घटेर प्रति औंस २४.५२ डलरले कारोबार भएको थियो।