BIZMANDU
www.bizmandu.com

बेलाको होम अप्लायन्सको जनकपुरमा शाखा बिस्तार, गुणस्तरमा सम्झौता नगर्ने प्रतिबद्धता

२०८० मंसिर १९

बेलाको होम अप्लायन्सको जनकपुरमा शाखा बिस्तार, गुणस्तरमा सम्झौता नगर्ने प्रतिबद्धता
बेलाको होम अप्लायन्सको जनकपुरमा शाखा बिस्तार, गुणस्तरमा सम्झौता नगर्ने प्रतिबद्धता


काठमाडौं। घरायसी विद्युतीय सामग्री बिक्री गर्दै आएको बेलाको होम अप्लायन्सेसले जनकपुरमा शाखा बिस्तार गरेको छ।

Tata
GBIME
NLIC

मधेसवासीलाई आफ्नो उत्पादन उपलब्ध गराउने भन्दै बेलाको होम अप्लायन्सेसले जनकपुरमा शाखा बिस्तार गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अब्दुल वासिदले गुणस्तरमा कुनै सम्झौता नगर्ने बताए।

‘आज हामीले नयाँ शाखा उद्‍घाटन मात्र गरेका छैनौं, मधेसका बासिन्दासँग जोडिने काम गरेका छौं,’ उनले भने।

बेलाको ब्राण्ड प्रयोग गर्ने हरेक परिवारले उत्कृष्टता, गुणस्तर र नवीनताको अनुभूति गर्ने उनको दाबी छ। उनले निकट भविष्यमा नेपालमै बेलकाका सामग्री उत्पादन गर्ने तयारी रहेको बताए।

उपभोक्ताले बेलाको ब्राण्डमा टेलिभिजन, रेफ्रिजेरेटर, एयर कन्डिसनर, पेष्टफ्रिजर, गिजर, हिटर लगायत घरायसी प्रयोजनका ४३ थरि सामान किन्न पाउँछन्।