BIZMANDU
www.bizmandu.com

हिमालयन रिइन्स्योरेन्सको आइपीओमा वैदेशिक रोजगारीमा रहेका ३४ हजारभन्दा बढीले भरे आवेदन

२०८० मंसिर १९

हिमालयन रिइन्स्योरेन्सको आइपीओमा वैदेशिक रोजगारीमा रहेका ३४ हजारभन्दा बढीले भरे आवेदन
हिमालयन रिइन्स्योरेन्सको आइपीओमा वैदेशिक रोजगारीमा रहेका ३४ हजारभन्दा बढीले भरे आवेदन

काठमाडौं। हिमालयन रिइन्स्योरेन्सको आइपीओमा वैदेशिक रोजगारीमा रहेका ३४ हजारभन्दा बढीले आवेदन भरेका छन्।

Tata
GBIME
Nepal Life

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसीर ४ गते आइपीओको बिक्री खुला गरेकामा ३४ हजार २११ जनाले आवेदन भरेका हुन्।

वैदेशिक रोजगगारीमा रहेर आइपीओमा आवेदन भर्नेको यो संख्या अहिलेसम्मकै उच्च हो। यसअघि कुनै पनि कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा गएकाहरुमध्ये ३० हजार ३४८ जना भन्दा बढीले आवेदन भरेका थिएनन्। उनीहरुले १६ लाख ९० हजार कित्ता माग गरेका थिए।

तर हिमालयन रिइन्स्योरेन्सको ४५ लाख ८४ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीबाट माग भएको छ। उनीहरुका लागि आवेदन भर्ने म्याद मंसीर १८ सम्म थियो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले सेयर बिक्रीमा ल्याएको हो।

कम्पनीको जारी पुँजी १० अर्ब रुपैयाँ छ। यसको ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याइएको छ। यही ३० प्रतिशतबाट वैदेशिक रोजगारीमा गएकाहरुले ३० लाख कित्ता सेयर पाउने छन्। कम्पनीले आवेदनबाट आफू निकै उत्साही भएको बताएको छ।