BIZMANDU
www.bizmandu.com

दक्षिण कोरियाले एकैपटक माग्यो १६ हजार नेपाली श्रमिक, आवेदन पुस २ देखि ६ सम्म

२०८० मंसिर १९

दक्षिण कोरियाले एकैपटक माग्यो १६ हजार नेपाली श्रमिक, आवेदन पुस २ देखि ६ सम्म
दक्षिण कोरियाले एकैपटक माग्यो १६ हजार नेपाली श्रमिक, आवेदन पुस २ देखि ६ सम्म

काठमाडौं। दक्षिण कोरियाले करिब १६ हजार नेपाली श्रमिक मागेको छ। कोरियाले उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ नेपाली श्रमिक मागेको हो।

Tata
GBIME
Nepal Life

कोरियाको मागका आधारमा वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले आवेदन भर्नका लागि मंगलबार सूचना निकालेको छ। सूचना अनुसार पुस २ देखि ६ गतेसम्म अनलाइनमार्फत दर्ता गर्नुपर्नेछ।

आवेदन दिनका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। यस्तै कुनै फौजदारी अभियोगमा सजाय पाएको हुनु हुँदैन। सन् २०२३ मा इपीएस भाषा परीक्षाका लागि आवेदन दिएकाले पनि यसपालि दरखास्त फाराम भर्न पाउने छैनन्।

परीक्षाको मिति माघ २२ गते तोक्ने कार्यालयले जनाएको छ। परीक्षा शुल्क २८ अमेरिकी डलर तोकिएको छ।

भाषा परीक्षामा पास हुनेहरु रोजगारीको छनोट प्रक्रियामा सामेल हुन रोष्टरमा सूचिकृत हुनेछन्।