BIZMANDU
www.bizmandu.com

नयाँ सवारीचालक अनुमतिपत्र र वर्ग थपको राजस्व भुक्तानी मंसिर २४ देखि अनलाइनबाट मात्रै

२०८० मंसिर १९

नयाँ सवारीचालक अनुमतिपत्र र वर्ग थपको राजस्व भुक्तानी मंसिर २४ देखि अनलाइनबाट मात्रै
नयाँ सवारीचालक अनुमतिपत्र र वर्ग थपको राजस्व भुक्तानी मंसिर २४ देखि अनलाइनबाट मात्रै

काठमाडौं। नयाँ सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिने र वर्ग थप गर्न चाहने सेवाग्राहीलाई राजस्व रकम बुझाउन अनलाइन अनिवार्य गरिएको छ।

Tata
GBIME

बाग्मती प्रदेशको यातायात व्यवस्था कार्यालयले यही राजस्व रकम मंसिर २४ गतेदेखि अनलाइनबाट मात्र लिने निर्णय गरेको छ। यसअघि अनलाइनका साथै कार्यालयको बैंक काउन्टरबाट तिर्ने व्यवस्था थियो।

सवारीचालक अनुमति पत्रका लागि बायोमेट्रिक र मेडिकल पश्चात् ५०० रुपैयाँ राजस्व तिर्नुपर्छ। मंसिर २४ गतेदेखि इसेवा, खल्ती र कनेक्ट आइपीएसबाट मात्र राजस्व भुक्तानी गर्न मिल्ने कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार, नवीकरणका लागि आवेदन दिने र ट्रायल पास गरेको सेवाग्राहीले ७ दिन पछि अनलाइनमार्फत् नै राजस्व भुक्तानी गर्न सक्ने छन्।