BIZMANDU
www.bizmandu.com

दैलेखमा तीन जेभीका काम अलपत्र‚ पूर्वाधार विकास कार्यालयद्वारा कारबाहीको चेतावनी

२०८० मंसिर १९

दैलेखमा तीन जेभीका काम अलपत्र‚ पूर्वाधार विकास कार्यालयद्वारा कारबाहीको चेतावनी
दैलेखमा तीन जेभीका काम अलपत्र‚ पूर्वाधार विकास कार्यालयद्वारा कारबाहीको चेतावनी

काठमाडौं। निर्माणका काम जिम्मा लिएर सम्झौताअनुसार पुरा नगर्ने तीन वटा ज्वाइन्ट भेन्चर (जेभी) कम्पनीलाई पूर्वाधार विकास कार्यालय दैलेखले कारबाही गर्ने चेतावनी दिएको छ।

Tata
GBIME

कार्यालयले मंगलबार सूचना जारी गर्दै तीन वटा जेभीमा रहेका ६ वटा कम्पनीलाई निर्माणको काम तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिँदै नगरे कारबाहीको चेतावनी दिएको हो।

कार्यालयले सम्पर्कविहीन भएका निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्ययोजना (वर्क सेड्युल)सहित कार्यालयमा उपस्थिति हुन समेत निर्देशन पनि दिएको छ।

काम गर्न अटेर गरेमा सार्वजनिक खरिद ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउने सूचनामा छ। जसमा कालोसूचीमा राख्नेदेखि बैंक धरौटी र क्षति समेत बेहोर्न ताकेता गर्ने कार्यालयले जनाएको छ।

कार्यालयले सूचनामा उल्लेख गरेका कम्पनी बिरुवा-सिद्धार्थ- श्रीङ्गेश्वर जेभी, मोतिदान- लाल शुभ-मेन्द्रो जेभी र जलजला-जय-स्वर्गद्वारी जेभी छन्।