BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय बजारमा सस्तियो कच्चा तेल, मूल्य एक महिनामा १० प्रतिशतले ओरालो

२०८० मंसिर १९

अन्तर्राष्ट्रिय बजारमा सस्तियो कच्चा तेल, मूल्य एक महिनामा १० प्रतिशतले ओरालो
अन्तर्राष्ट्रिय बजारमा सस्तियो कच्चा तेल, मूल्य एक महिनामा १० प्रतिशतले ओरालो

काठमाडौं। मागमा आएको गिरावटले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सस्तो भएको छ। कच्चा तेलको मूल्य प्रति ब्यारल ७३ डलरसम्म ओर्लिएको छ।

Tata
GBIME
Nepal Life

कच्चा तेलको मूल्य एक महिनामा १० प्रतिशतसम्म घटेको छ। नोभेम्बर महिनाको सुरुमा प्रति ब्यारल ८० डलर रहेको यूएस वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य अहिले ७३ डलरमा झरेको छ। यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि प्रति ब्यारल ८५ डलरबाट ७७ डलरमा कारोबार झरेको छ।

डब्लुटीआई सोमबार मात्रै १.३९ प्रतिशतले घटेर प्रति ब्यारल ७३.०४ डलरमा कारोबार बन्द भएको छ।

पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन ओपेक र ओपेक प्लसले बिहीबार दैनिक १० लाख ब्यारल तेल कटौतीको घोषणा गरेका थिए। तर उत्पादन कटौतीको घोषणा स्वेच्छिक भएकाले उत्पादकहरू नै पूर्णरूपमा लागू गर्ने कि नगर्ने भन्ने अन्योलमा छन्।

‘बजारले पछिल्लो समय एउटा कुरा सेट गरेको छ। जुन ओपेक प्लस देशहरुको उत्पादन कटौती योजनाले मूल्यमा त्यति धेरै प्रभाव पार्ने छैन,’ लिपो आयल एसोसिएट्सका अध्यक्ष एन्ड्रयू लिपोले भने।