BIZMANDU
www.bizmandu.com

सरकार फेरबदलको कुनै तयारी छैन : कांग्रेस महामन्त्री शर्मा

२०८० मंसिर १९

सरकार फेरबदलको कुनै तयारी छैन : कांग्रेस महामन्त्री शर्मा
??????, ?? ?????? : ????? ????? ?????? ?????? ?????? ???????? ????????? ?????? ????? ??????? ????????? ?????? ?????????? ?????????? ??????????? ????? ????? ?????? ????? ? ?????? : ????? ????/????

बाजुरा। नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले अहिले सरकार फेरबदलबारे कुरा नभएको बताएका छन्। नेपाल प्रेस युनियन बाजुरा शाखाले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमासमेत कुनै कुरा नभएको बताएका हुन्।

Tata
GBIME
Nepal Life

महामन्त्री शर्माले सरकारबाट भएका कमिकमजोरीको आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने उल्लेख गरे। नेपाली कांग्रेसकै सरकार हुँदा पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ थियो।

सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले प्रतिबद्धता जनाए।

पार्टीले आयोजना गर्न लागेको महासमितिको अधिवेशन नेतृत्व चयन नभएर नीति बनाउने अधिवेशन भएको प्रष्ट पार्दै शर्माले महासमितिको अधिवेशनमा नेतृत्वको लागि चयनभन्दा पनि नीति बनाउने चिन्ता पार्टीका नेतामा हुनुपर्नेमा जोड दिए।

‘मिसन ८४ का लागि चिन्ता लिन पर्दैन, २०८१-८३ सालसम्म देशलाई कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्‍नेमा चिन्ता गर्नुपर्छ,’ शर्माले भने। रासस