BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीसँगको नोकझोकको असर राष्ट्र बैंकको सरुवामा, भट्टलाई हटाएर गुरुलाई नियमनको जिम्मा

२०८० मंसिर १९

अर्थमन्त्रीसँगको नोकझोकको असर राष्ट्र बैंकको सरुवामा, भट्टलाई हटाएर गुरुलाई नियमनको जिम्मा
अर्थमन्त्रीसँगको नोकझोकको असर राष्ट्र बैंकको सरुवामा, भट्टलाई हटाएर गुरुलाई नियमनको जिम्मा


काठमाडौं। गत साता ५ जना कार्यकारी निर्देशकको सरुवा लगत्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अरु पाँच जनाको पनि सरुवा गरेका छन्।

Tata
GBIME
NLIC

अधिकारीले बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा गरेका छन्। अर्थमन्त्रीमा डा. प्रकाशशरण महत आएपछि अर्थमन्त्रालयको सल्लाहकारको भूमिकामा समेत रहेका भट्टलाई गभर्नरले तुलनात्मक रूपमा कम महत्त्वको भुक्तानी प्रणाली विभागमा पठाएका छन्।

अनुसन्धान विभागका प्रमुख रहेका भट्टलाई अधिकारीले नै बैंक सुपरिवेक्षण हुँदै बैंक तथा वित्तीय संस्था नियमन विभागमा पुर्‍याएका थिए। अर्थमन्त्रीसँगको निरन्तरको नोकझोँकपछि भट्टलाई भुक्तानी प्रणाली विभाग पठाइएको स्रोतहरुको दाबी छ।

कांग्रेसनिकट मानिएका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशन गुरुप्रसाद पौडेललाई नियमन विभागको जिम्मेवारी दिइएको छ। पौडेललाई आगामी डेपुटी गभर्नरका रुपमा समेत हेरिएको छ।

अर्को शक्तिशाली विभागमध्येको विदेशी विनिमय विभागका प्रमुख रामु पौडेललाई वित्त व्यवस्थापन विभाग पठाइएको छ। वित्त व्यवस्थापन विभागका मुकुन्द क्षेत्रीलाई मानव संसाधन विभाग ल्याइएको छ। विदेशी विनिमयमा मानव संसाधनका तुलसी घिमिरेलाई ल्याइएको छ।