BIZMANDU
www.bizmandu.com

भूकम्प प्रभावितलाई ३० लाख सहयाेग गर्ने निर्माण व्यवसायी विकास परिषद्को निर्णय

२०८० मंसिर १८

भूकम्प प्रभावितलाई ३० लाख सहयाेग गर्ने निर्माण व्यवसायी विकास परिषद्को निर्णय
भूकम्प प्रभावितलाई ३० लाख सहयाेग गर्ने निर्माण व्यवसायी विकास परिषद्को निर्णय

काठमाडौं। नेपाल निर्माण व्यवसायी विकास परिषद्ले जाजरकोट र रुकुमका भूकम्प प्रभावितलाई ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनर्निर्माण र शैक्षिक सामग्रीका लागि सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम विष्टले बताए।

Tata
GBIME
Nepal Life

‘राहत र पुनर्निर्माणका लागि २५ लाख र विद्यालयमा शैक्षिक सामग्रीका लागि ५ लाख दिने निर्णय भएको छ,’ सहसचिव विष्टले भने, ‘निर्णय भएको रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा हुनेछ।’

भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यान पुगेर फर्केलगतै मन्त्री ज्वालाले परिषद्को बैठक बोलाएका हुन्। चिसो मौसमका कारण भूकम्प प्रभावित क्षेत्रको जनजीवन कष्टकर बन्दै गएपछि उनले राहत र पुनर्स्थापनामा जोड दिएको विष्टले बताए। ज्वाला तीन पटकभन्दा भूकम्प प्रभावित क्षेत्रमा पुगिसकेका छन्।

यसअघि मन्त्री ज्वालाले भूकम्प प्रभावितको राहत कोषमा डेढ महिनाको पारिश्रमिक दिने घोषणा गरिसकेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सहसचिवले तीन दिन, उपसचिव र अधिकृतले दुई दिनको तलब दिने निर्णय भइसकेको छ।