काठमाडौं। हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाइरहेको सुनचाँदीले अझ बढ्ने संकेत गरेको छ। आइतबार सुन प्रति तोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ। यो गत शुक्रबारका तुलनामा १ हजार ८ सयको बढोत्तरी हो।
एक सातामै सुन तोलामा ३ हजार ९ सय रुपैयाँ बढिसकेको छ। गत आइतबार १ लाख १६ हजार ९ सय रुपैयाँ थियो। बुधबार र बिहीबार १ लाख १९ हजार ३ सयमा कारोबार भएको थियो। ३ सय घट्दा शुक्रबार १ लाख १९ हजार रुपैयाँ भएको थियो।
यो साताको प्रारम्भमा पुनः बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत बुधबार एकै दिन तोलामा १ हजार ६ सय रुपैयाँ बढेको थियो भने त्यसअघि मंगलबार तोलाको १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी पनि उच्च मूल्यमा पुगेको छ। आइतबार ५ रुपैयाँ बढोत्तरीले तोलाको १५ सय ४५ भएको छ। गत सोमबार र मंगलबार प्रति तोला १५ सय रुपैयाँमा स्थिर थियो। २० रुपैयाँको बढोत्तरीपछि बुधबार र बिहीबार १५ सय २० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार २० रुपैयाँ बढ्दा कारोबार मूल्य १५ सय ४० रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्यमा लगातार बलियो भएको छ। आइतबार सुन प्रति औंस २०७२.१३ डलर पुगेको छ। यो एकै दिनमा ३२ डलरको बढोत्तरी हो। चाँदी पनि बढेर प्रति औंस २५.४७ डलर पुगेको छ।