स्वीटजरल्याण्डको जुरिच र सिंगापुर सन् २०२३ को सबैभन्दा महँगा सहर बनेका छन्। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले हरेक वर्ष सार्वजनिक गर्ने वर्ल्डवाइड कस्ट अफ लिभिङ रिपोर्टमा यी दुई सहर सबैभन्दा महंगामा परेका हुन्।
गत वर्ष सातौं नम्बरमा रहेको जुरिच स्वीस फ्रान्कको बढ्दो प्रभावबीच महंगो सहरको पहिलो स्थानमा सिंगापुरसँगै परेको हो। गत वर्ष सिंगापुरसँगै पहिलो स्थानमा रहेको न्यूयोर्क भने यो वर्ष जेनेभासँग तेस्रो स्थानमा छ।
वर्ल्डवाइड कस्ट अफ लिभिङले सन् २०२३ मा १७३ मुख्य सहरमा सर्वेक्षण गरेर यो रिपोर्ट सार्वजनिक गरेको हो।
रिपोर्टको अनुसार सन् २०२३ मा जीवनयापनका लागि आवश्यक लागतको प्रतिशत बढेको छ। ‘कस्ट अफ लिभिङ’ यो वर्ष ७.४ प्रतिशतले बढेको उल्लेख छ। ग्रसरी सामानको मूल्य यो वर्ष अधिक बढेको रिपोर्टमा भनिएको छ।
कोरोना महामारीका कारण अवरुद्ध ‘सप्लाइ चेन’ पुन: संचालन भएसँगै मन्दीको प्रभाव कम भएको रिपोर्टमा भनिएको छ। यद्यपि, ग्रसरी सामानको मूल्यवृद्धि अधिक बढिरहेको र जसकारण ग्राहकहरुले महँगीको सामना गरिरहेको पनि रिपोर्टमा उल्लेख छ।
विश्वका १० महंगा सहर
गत वर्ष सिड्नी ‘टप १०’ महंगा सहरमा परे पनि यो वर्ष भने पर्न सकेन।