BIZMANDU
www.bizmandu.com

एनसेल बिक्री अपडेट : दूरसञ्चार प्राधिकरणले भन्यो- किनबेचको स्वीकृति लिऊ

२०८० मंसिर १५

एनसेल बिक्री अपडेट : दूरसञ्चार प्राधिकरणले भन्यो- किनबेचको स्वीकृति लिऊ
एनसेल बिक्री अपडेट : दूरसञ्चार प्राधिकरणले भन्यो- किनबेचको स्वीकृति लिऊ


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई सेयर किनबेच अघि स्वीकृति लिन निर्देशन दिएको छ। एनसेलको ८० प्रतिशत हिस्सा बेलायती कम्पनीले किनेको सार्वजनिक भएपछि मात्रै नियामक निकायले निर्देशन दिएको हो।

Tata
GBIME
NLIC

‘त्यस कम्पनीको सेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भनी विज्ञप्ति प्रकाशित भएको देखिएको र यस विषयलाई लिएर विभिन्न संचार माध्यमहरूमा समाचार समेत प्रकाशित भइरहेको विषयमा प्राधिकरणको ध्यानाकर्षण भएको छ,’ प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ। त्यसैलाई आधार मानेर प्राधिकरणले बिक्रीको जानकारी गराउन एनसेललाई पत्राचार गरेको हो।