काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा आज एफसी चितवन र वीरगंज युनाइटेड भिड्दैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ।
जारी लिगमा दुवै टोलीको सुरुवात सुखद छैन। वीरगंजले पहिलै खेलमा धनगढी एफसीसँग २-१ गोलको पराजय ब्योहोर्यो। त्यस्तै, पहिलो खेलमा पोखरा थण्डर्ससँग १-० गोलको पराजय ब्यहोर्दै लिगको सुरुवात गरेको चितवनले दोस्रो खेलमा काठमाडौंसँग १-१ गोलको बराबरी खेल्यो। अंकतालिकामा १ अंक जोडेको चितवन छैटौं र जितविहीन वीरगंज आठौँ स्थानमा छन्।
विशाल श्रेष्ठको कप्तानीमा रहेको चितवनसँग राष्ट्रिय टोलीबाट खेलेका विमल घर्ती मगर, राजेश परियार, नवयुग श्रेष्ठ लगायत खेलाडी छन्। विदेशी खेलाडीमा रफिक अमिनु, मार्को इभानोभिच, टरिक जेब्रिनजस्ता प्रभावशाली खेलाडी छन्। अघिल्लो खेलमा चितवनका लागि नवयुगको पासमा विमलले गोल गरेका थिए।
त्यस्तै सनोज श्रेष्ठको प्रशिक्षणमा रहेको वीरगंजको मार्की खेलाडी दीप कार्की र तेज तामाङ आइकोनिक खेलाडी छन्। अघिल्लो खेलमा वीरगंजका लागि हान्स कुफिइले गोल गरेका थिए।
खेलको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्नेछ।
अंकतालिका

काठमाडौं रेजर्स १-० स्पोर्टिङ इलाम
गोल गर्ने खेलाडी: राजीव लोप्चन (काठमाडौं रेजर्स)
ललितपुर सिटी एफसी २-० बुटवल लुम्बिनी एफसी
गोल गर्ने खेलाडी: अनन्त तामाङ, दिनेश हेन्जन
पोखरा थण्डर्स १-० एफसी चितवन
गोल गर्ने खेलाडी : मोसेस ट्वुम (पोखरा थण्डर्स)
वीरगंज युनाइटेड एफसी १-२ धनगढी एफसी
गोल गर्ने खेलाडी: हान्स कोफ (वीरगञ्ज), फोडे फुफाना र अहमद हिजाजी (धनगढी)
झापा एफसी ०-१ स्पोर्टिङ इलाम
गोल गर्ने खेलाडी: अमथ एनडो (स्पोर्टिङ इलाम)
काठमाडौं रेजर्स १-१ एफसी चितवन
गोल गर्ने खेलाडी: जुनियर एनगुने (काठमाडौं), विमल घर्ति मगर (एफसी चितवन)
ललितपुर सिटी एफसी ०-० पोखरा थण्डर्स
धनगढी एफसी १-० बुटवल लुम्बिनी एफसी
गोल गर्ने खेलाडी: ओलावाले अफीज (धनगढी एफसी)