BIZMANDU
www.bizmandu.com

स्वावलम्बन लघुवित्तले १३ प्रतिशत लाभांश दिने‚ कहिलेसम्मका सेयरधनीले पाउँछन्?

२०८० मंसिर १४

स्वावलम्बन लघुवित्तले १३ प्रतिशत लाभांश दिने‚ कहिलेसम्मका सेयरधनीले पाउँछन्?
स्वावलम्बन लघुवित्तले १३ प्रतिशत लाभांश दिने‚ कहिलेसम्मका सेयरधनीले पाउँछन्?

काठमाडौं। स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई १३ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ।

Tata
GBIME
Nepal Life

प्रस्तावित लाभांशमध्ये १२.३५ प्रतिशतले हुन आउने १५ करोड ९५ लाख बोनस सेयर छ भने  भने ०.६५ प्रतिशतले हुन आउने ८३ लाख ९४ हजार बराबरको नगद लाभांश दिने छ। सो लाभांश आगामी २२ औँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्ताहरुलाई वितरण गरिने छ।

कम्पनीले पुस ४ गते बुधबारका लागि साधारण सभा आह्वान गरेको छ। सभा आम्रपाली ब्यांकेट क्याटेरिङ एण्ड इभेन्ट्सबाट संचालन गरिने छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले मंसिर २२ गते बुक क्लोज मिति तोकेको छ। उक्त मिति भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनुका साथै लाभांश पनि प्राप्त गर्ने छन्।

हाल लघुवित्तको चुक्ता पुँजी १ अर्व २९ करोड छ। बोनस सेयर वितरण पश्चात चुक्ता पुँजी १ अर्व ४५ करोड पुग्ने छ।