BIZMANDU
www.bizmandu.com

नवीकरण नगरेपछि दूरसञ्चार प्राधिकरणले खारेज गर्‍यो हिमालयन गोरखा नेटको लाइसेन्स

२०८० मंसिर १४

नवीकरण नगरेपछि दूरसञ्चार प्राधिकरणले खारेज गर्‍यो हिमालयन गोरखा नेटको लाइसेन्स
नवीकरण नगरेपछि दूरसञ्चार प्राधिकरणले खारेज गर्‍यो हिमालयन गोरखा नेटको लाइसेन्स


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले गोरखाको हिमालयन गोरखा नेट प्रालिको लाइसेन्स खारेज गरेको छ।

Tata
GBIME
NLIC

हिमालयन गोरखाले आफ्नो अनुमतिपत्र नवीकरण नचाहेको भन्दै प्राधिकरणले २०७९ माघ १२ गतदेखि स्वत: खारेज भएको जनाएको छ।

बिहीबार सूचना निकाल्दै प्राधिकरणले उक्त कम्पनीले नियमानुसार तिर्न बाँकी रकमको विषयमा आगामी ३० दिन भित्र सम्पर्क गर्न समेत सचेत गराएको छ। अन्यथा कानुनअनुसार कारवाही प्रक्रिया अघि बढाउने चेतावनी प्राधिकरणले दिएको छ।