BIZMANDU
www.bizmandu.com

एमएडब्लु इन्टरप्राइजेजले थाल्यो नाडा अटो शोमा बुकिङ भएका सेरेस मिनी इभीको डेलिभरि

२०८० मंसिर १३

एमएडब्लु इन्टरप्राइजेजले थाल्यो नाडा अटो शोमा बुकिङ भएका सेरेस मिनी इभीको डेलिभरि
एमएडब्लु इन्टरप्राइजेजले थाल्यो नाडा अटो शोमा बुकिङ भएका सेरेस मिनी इभीको डेलिभरि

काठमाडौं। सेरेस गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सेरेस मिनी इभीको डेलिभरि सुरु गरेको छ।

Tata
GBIME

कम्पनीले नाडा अटो शोमा बुकिङ गरिएका सेरेस मिनी इभीको डेलिभरि बुधबार सुरु गरेको हो। नाडा अटो शोमा यो गाडी १०० भन्दा बढीको संख्यामा बुकिङ भएको थियो।

सेरेस मिनी इभी तीन भेरियन्टमा उपलब्ध छन्। जसको मूल्य १३ लाख ९९ हजार, १६ लाख ४९ हजार र १७ लाख ९९ हजार छ।

सेरेस मिनी इभी सहरी क्षेत्रको आवश्यकतालाई ध्यानमा राखी बनाइएको कम्पनीले जनाएको छ।