काठमाडौं। महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफूले भित्र्याएको इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’ चालकहरुको रोजाइमा पर्दै गएको दाबी गरेको छ।
अटो चालकहरुको रोजाइमा परेकैले ‘ट्रियो’ १० हजारभन्दा बढी बिक्री भएको अग्नि ग्रुपले जनाएको छ।
कम्पनीले पछिल्लोपटक सिन्धुलीमा १६ वटा ‘ट्रियो’ बिक्री गरेको छ। ३ महिला र १३ पुरुषलाई एकैपटक इलेक्ट्रिक अटो हस्तान्तरण गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ‘ट्रियो’ खरिद गर्न चाहनेलाई अग्नि हायर पर्चेज र राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा सहज व्यवस्था मिलाइएको छ। सवारी साधन बिमा गर्नेलाई प्रभु इन्स्योरेन्सको सहयोग छ।
ट्रियो जस्तोसुकै कच्ची सडकमा पनि गुडाउन सकिने कम्पनीको दाबी छ। आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङ प्रयोग गरिएको छ। यसमा हाइड्रोलिक ब्रेक पनि उपलब्ध छ।