BIZMANDU
www.bizmandu.com

शीतल निवासमा प्रचण्ड, कोप २८ मा नेपालले लाभ लिने परिस्थिति सिर्जना गर्न राष्ट्रपतिको सुझाव

२०८० मंसिर १३

शीतल निवासमा प्रचण्ड, कोप २८ मा नेपालले लाभ लिने परिस्थिति सिर्जना गर्न राष्ट्रपतिको सुझाव
शीतल निवासमा प्रचण्ड, कोप २८ मा नेपालले लाभ लिने परिस्थिति सिर्जना गर्न राष्ट्रपतिको सुझाव


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन्।

Tata
GBIME
NLIC

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा सो भेट भएको हो।

भेटका क्रममा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताकासाथ विश्व समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए। यस्तै, नेपालले लाभ लिने परिस्थिति सृजना गर्नसमेत उनले प्रचण्डलाई सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

प्रचण्ड कोप २८ मा सहभागी हुने आजै कतार जाँदैछन्।