BIZMANDU
www.bizmandu.com

लम्कीचुहामा विवाह समारोहमा कुटपिट : एकजनाको मृत्यु, सातजना प्रहरी नियन्त्रणमा

२०८० मंसिर १३

लम्कीचुहामा विवाह समारोहमा कुटपिट :  एकजनाको मृत्यु, सातजना प्रहरी नियन्त्रणमा
लम्कीचुहामा विवाह समारोहमा कुटपिट : एकजनाको मृत्यु, सातजना प्रहरी नियन्त्रणमा

काठमाडौं ।  कैलालीको लम्कीचुहा नगरपालिका-९ घोराघाट गाउँमा भएको विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका २६ वर्षीय मोहन अधिकारीको आज मृत्यु भएको छ।

Tata
GBIME
NLIC

घोराघाट बस्ने डिल्ली कोइरालाको विवाहमा सहभागी भएका घोडाघोडी नगरपालिका–२ का अधिकारी गए राति अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले बताए।

उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएका अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए। यसअघि घटनालगत्तै बेहोस अवस्थाका अधिकारीलाई उपचारका लागि लम्की चुहाको लालरत्न अस्पताल र त्यसपछि कोहलपुरको मेडिकल कलेज पुर्‍याइएको थियो।

कुटपिटको घटनामा संलग्न भएको आशंकामा प्रहरीले लम्कीचुहाका विवेक भुल, विशाल भुल, सन्तोष परियार, गणेश भुल, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्कीसहित सातजनालाई नियन्त्रणमा लिएको छ।