BIZMANDU
www.bizmandu.com

सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने रास्वपाको निर्णय, सदस्य संख्या ६० पुग्यो

२०८० मंसिर १३

सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने रास्वपाको निर्णय, सदस्य संख्या ६० पुग्यो
सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने रास्वपाको निर्णय, सदस्य संख्या ६० पुग्यो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन्।

Tata
GBIME
NLIC

महोत्तरीको जलेश्वरमा आज बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टीका ६ जना सांसद यसअघि नै केन्द्रिय सदस्य थिए।

पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १४ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी दिए।

पार्टीको विधानअनुसार सात जना प्रदेश सभापति केन्द्रिय सदस्य रहने छन्। पछिल्लो निर्णयअनुसार पार्टीको केन्द्रिय सदस्यको संख्या ६० पुगेको छ।

बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो ।