BIZMANDU
www.bizmandu.com

एनसेल किन्ने डिल करिब फाइनल, पाँच महिनादेखि भएको थियो गृहकार्य, को हो लगानीकर्ता ?

२०८० मंसिर १३

एनसेल किन्ने डिल करिब फाइनल, पाँच महिनादेखि भएको थियो गृहकार्य, को हो लगानीकर्ता ?
एनसेल किन्ने डिल करिब फाइनल, पाँच महिनादेखि भएको थियो गृहकार्य, को हो लगानीकर्ता ?

काठमाडौं। एनसेलबाट आजियाटा समूह बाहिरिने घोषणासँगै उसको हिस्सा सुनिभेरा क्यापिटल भेन्चरले नै किन्ने सम्भावना देखिएको छ।

Tata
GBIME
Nepal Life

करिब ५ महिनादेखि एनसेलको आफ्नो सेयर बिक्री गर्ने गृहकार्यमा आजियाटा समूह सक्रिय थियो। आजियाटाले बिक्री गर्ने हिस्सा स्थानीय साझेदारले नै खरिद गर्ने प्रबल सम्भावना छ। स्रोतका अनुसार एनसेलमा आजियाटा समूहसँग रहेको सेयर स्थानीय साझेदारले किन्ने मोटामोटी टुंगिसकेको छ।

एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ भने बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ। सुनिभेरा एनसेलका लागि आजियाटा समूहको स्थानीय साझेदार हो।

सुनिभेरामा सतिशलाल आचार्य र उनका भाइ सचिनलाल आचार्यको स्वामित्व छ। आचार्य दाजुभाइले नै आजियाटाको हिस्सा किन्न खोज्दैछन्। आजियाटाले आफ्नो सेयर बेच्ने तयारीसँगै सतिशलाल र अर्का एकजना विदेशी लगानीकर्तासमेत डिल हात पार्न सक्रिय बनेका छन्।

आजियाटा समूहले एनसेलमा रहेको आफ्नो हिस्सा के कति मूल्यमा बिक्री गर्दैछ त्यो भने खुलाएको छैन।

बुधबार बिहान मात्रै आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा बढ्दो चुनौतीबीच संचालक समितिले कम्पनी बेचेर नेपालबाट बाहिरिने निर्णय लिएको प्रतिक्रिया दिएका थिए।

आजियाटा समूह २०७२ चैत ३० मा एनसेल प्रवेश गरेको थियो। आजियाटा एनसेलमा प्रवेश गर्ने वर्ष २०७२/७३ मा एनसेलले ५७ अर्ब ७२ करोड रुपैयाँको कारोबार गरेको नियामक नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकले देखाउँछ। पछिल्लो वित्तीय अवस्था हेर्ने हो भने आव २०७९/८० मा एनसेलको कारोबार घटेर ३७ अर्ब ४४ करोड रुपैयाँमा आएको छ।