BIZMANDU
www.bizmandu.com

मनोज ग्यासले म्याद नाघेका एक हजार २७ सिलिन्डर प्रयोग सूचीबाट हटायो‚ गलाउन हस्तान्तरण

२०८० मंसिर १३

मनोज ग्यासले म्याद नाघेका एक हजार २७ सिलिन्डर प्रयोग सूचीबाट हटायो‚ गलाउन हस्तान्तरण
मनोज ग्यासले म्याद नाघेका एक हजार २७ सिलिन्डर प्रयोग सूचीबाट हटायो‚ गलाउन हस्तान्तरण

वीरगंज। मनोज ग्यास प्रालिले बुधबार १ हजार २७ वटा ग्यास सिलिन्डर नष्ट गरेको छ। म्याद गुज्रिएका पुराना ग्यास सिलिन्डरहरु प्रयोगबाट हटाइएको हो।

Tata
GBIME

म्याद गुज्रेका सिलिन्डर गलाएर नष्ट गर्ने गरिएको छ। ती सिलिन्डर प्रयोगको सूचीबाट हटाएर गलाउन जगदम्बा स्टिललाई दिइएको उद्योग सञ्चालक मनोज दासले बताए।

नापतौल तथा गुणस्तर कार्यालयका प्रतिनिधि रामप्रसाद लम्साल, वाणिज्य कार्यालयका दिलीप खंग खत्वे, आयल निगमका वेब प्रशिक्षक यशबहादुर गुरुङ लगायतको ती सिलिन्डर नष्ट गर्नका लागि जगदम्बा स्टिलका प्रतिनिधिलाई हस्तान्तरण गरिएको हो।

म्याद गुज्रेका पुराना सिलिन्डर प्रयोगका लागि जोखिमपूर्ण मानिन्छन्। ग्यास उद्योगहरुले त्यस्ता सिलिन्डर बेला बेलामा प्रयोगबाट हटाउने गरेका छन्।