साउदी अरेबियाको रियादमा एक्सपो २०३० वर्ल्ड फेयर हुने भएको छ। दक्षिण कोरियाको बुसान र इटालीको रोमलाई पछि पार्दै रियादले एक्सपो आयोजनाको अवसर पाएको हो।
सो एक्सपो हरेक पाँच पाँच वर्षमा हुने गर्छ। लाखौं मानिस पुग्ने सो एक्सपो अर्बौं डलरको लगानी भित्र्याउने अवसरसमेत हो।
साउदी युवराज मोहम्मद बिन सलमानले रियादलाई शक्तिशाली ‘बिजनेस हब’ बनाउने योजना बनाएका छन्। उनले साउदीको अर्थतन्त्रलाई तेलमा मात्रै निर्भर नबनाइ अन्य क्षेत्रको विकासमा पनि ध्यान दिइरहेका छन्। त्यसैलाई लक्षित गरेर पछिल्लो समय रियाद एयर पनि संचालनमा आइसकेको छ।
पेरिसको ब्युरो इन्टरनेश्नल डीस एक्सपोजिसनमा भएको मतदानमा एक्सपो आयोजना गर्दा दुई तिहाई मत चाहिन्थ्यो। १८३ सदस्यबाट रियादले ११९ मत, बुसानले २९ र रोमले १७ मत पाएका थिए।
सो एक्सपो ‘होस्ट’ गर्नका लागि सबै शहरहरुले धेरै क्याम्पेन गरेका थिए। एक्सपो आयोजना गर्ने अधिकार पाउन उनीहरुले नयाँ भिजनसँगै महत्वकांक्षी प्रतिबद्धताहरु व्यक्त गरेका थिए।
साउदीले एक्सपोको लागि भनेर मुख्यतय पब्लिक ट्रान्जिट नेटवर्कको अवधारणा अघि सारेको छ। ‘फ्युचर सिटी एन्ट कम्युनिटी’को उद्देश्य लिएर साउदी अघि बढेको हो।
‘रियाद २०२३’ भनेर साउदीले आक्रमण रुपमा प्रचारप्रसार गरेको थियो। इफिल टावरसँगै पेरिस भर साउदीले आफ्नो क्यापेन गरेको थियो।
यो वर्ल्ड एक्सपोले विश्वका धेरै राष्ट्रलाई एकसाथ ल्याएर उनीहरुका प्राविधिक आविष्कार र सांस्कृतिक उपलब्धिहरू प्रदर्शन गर्ने अवसर दिएको छ। यो एक्सपो विश्वमा आफ्नो शहरलाई चिनाउने अवसर हो। यसको उद्देश्य शहरको आर्थिक वृद्धिलाई उकास्नु पनि रहेको छ।
सन् २०२५ को वर्ल्ड एक्सपो भने जापानको ओसाकामा हुनेछ।