BIZMANDU
www.bizmandu.com

एनसेलबाट बाहिरिने आजियाटा समूहको घोषणा, ८० प्रतिशत सेयर बिक्री अघि बढाउने

२०८० मंसिर १३

एनसेलबाट बाहिरिने आजियाटा समूहको घोषणा, ८० प्रतिशत सेयर बिक्री अघि बढाउने
एनसेलबाट बाहिरिने आजियाटा समूहको घोषणा, ८० प्रतिशत सेयर बिक्री अघि बढाउने

काठमाडौं। आजियाटा समूहले एनसेलबाट बाहिरिने घोषणा गरेको छ। व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो।

Tata
GBIME
Nepal Life

आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा बढ्दो चुनौतीबीच संचालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन्। एनसेलबाट बाहिरिने घोषणासँगै कम्पनी बिक्रीमा राख्नेसमेत निर्णय भएको प्रतिक्रिया दिएका छन्।

एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।

यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो। त्यसबेला आजियाटाले सेयर किनेको थियो। सेयर किनेको ७ बर्षपछि कम्पनी पनि बाहिरिने निष्कर्षमा पुगेको हो।

एनसेलको व्यापार लगातार खुम्चिंदै गएपछि आजियाटा नेपाल छोड्ने अवस्थामा पुगेको हो।