BIZMANDU
www.bizmandu.com

जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक सरिता दवाडी सचिवमा बढुवा

२०८० मंसिर १३

जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक सरिता दवाडी सचिवमा बढुवा
जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक सरिता दवाडी सचिवमा बढुवा

काठमाडौं। सरकारले जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक सरिता दवाडीलाई सचिवमा बढुवा गरेको छ।

Tata
GBIME

नेपाल इन्जिनियरिङतर्फको रिक्त सचिव पदमा उनलाई बढुवा गर्ने निर्णय भएको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार बसेको बढुवा सिफारिस समितिले सचिव पदका लागि सहसचिवहरु दवाडी, दिनानाथ मिश्र र रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको थियो।