BIZMANDU
www.bizmandu.com

सुनको भाउ हालसम्मकै उच्च‚ तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँ‚ अझै बढ्छ?

२०८० मंसिर १३

सुनको भाउ हालसम्मकै उच्च‚ तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँ‚ अझै बढ्छ?
सुनको भाउ हालसम्मकै उच्च‚ तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँ‚ अझै बढ्छ?


काठमाडौं। एकै दिन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्दा सुनको मूल्य हालसम्मकै उच्च भएको छ। बुधबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख १९ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
NLIC

मंगलबार प्रति तोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबारका तुलनामा मंगलबार ३ सय रुपैयाँ बढेको थियो। चार दिनमा सुन तोलामा २ हजार ४ सय रुपैयाँ बढिसकेको छ। साताको पहिलो दिनका तुलनामा सोमबार ५ सय मात्रै बढेको थियो।

लगातार बढेको भाउले गत सातादेखि घट्ने संकेत गरेको छैन। गत साताको प्रारम्भमा प्रति तोला १ लाख १५ हजार ७ सय थियो।  

चाँदी पनि बढेर तोलाको १५ सय २० रुपैयाँ पुगेको छ। सोमबार र मंगलबार प्रति तोला १५ सय रुपैयाँमा स्थिर थियो। बुधबारको मूल्य गत आइतबारका तुलनामा ३५ रुपैयाँको बढोत्तरी हो। गत साताको सुरुमा चाँदी तोलाको १४ सय ५० रुपैयाँले कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमै लगातार बलियो भएको सुनको भाउले घट्ने लक्षण देखाएको छैन। गत सोमबार प्रति औंस २०११.७१ डलरले कारोबार भएको सुन मंगलबार २०१४.८७ डलर थियो। बुधबार बढेर प्रति औंस २०४५.३१ डलरले कारोबार भइरहेको छ।

चाँदी बुधबार प्रति औंस २४.९८ डलर भएको छ। मंगलबार २४.५९ र सोमबार २४.६८ डलर थियो।