BIZMANDU
www.bizmandu.com

राष्ट्रिय सभाका १९ सदस्यका लागि माघ ११ गते निर्वाचन गर्ने सरकारको निर्णय

२०८० मंसिर १३

राष्ट्रिय सभाका १९ सदस्यका लागि माघ ११ गते निर्वाचन गर्ने सरकारको निर्णय
राष्ट्रिय सभाका १९ सदस्यका लागि माघ ११ गते निर्वाचन गर्ने सरकारको निर्णय


काठमाडौं। सरकारले राष्ट्रिय सभाको रिक्त सदस्यको पदपूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

Tata
GBIME
NLIC

निर्वाचन आयोगको परामर्श बमोजिम निर्वाचनको मिति तोकिएको शर्माले बताइन्।

राष्ट्रिय सभामा २० सदस्यको पद फागुन २० गते सकिँदै छ। जसमा १९ जना निर्वाचित हुनेछन् भने एक जना सदस्य मनोनित हुनेछन्।