BIZMANDU
www.bizmandu.com

पटकपटक सरेको महासमितिबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

२०८० मंसिर १३

पटकपटक सरेको महासमितिबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक
पटकपटक सरेको महासमितिबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।

Tata
GBIME
NLIC

देउवाको निवास धुम्बाराहीमा आज दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको हो। तेस्रोपटक म्याद सरेर पुसको १६ गतेबाट सुरु हुन लागेको पार्टीको महासमिति बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको हो।

बैठकमा महासमिति बैठकको तयारी, विभाग गठनलगायत विषयमा छलफल हुने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

कांग्रेस महासमिति बैठक मंसिर १३–१५ सम्म बस्ने केन्द्रीय समितिको निर्णय थियो। तर पछि केन्द्रीय कार्यसम्पादन बैठकले महासमिति बैठक मंसिर २९ मा सार्ने निर्णय गरेको थियो। पछि विभिन्न कारण देखाउँदै महासमिति बैठक पुस १६ देखि १९ सम्म हुने कांग्रेसले सूचनामार्फत जनाएको थियो। कात्तिक १७ गते जाजरकोट केन्द्र भई भूकम्प गएपछि कांग्रेसले नेता कार्यकर्ता राहत तथा पुनर्निमाणमा जुट्नुपर्ने भन्दै महासमिति बैठक सारिएको थियो।

कांग्रेसले महासमिति बैठकका लागि नीतिगत प्रस्ताव उपसभापति पूर्णबहादुर खड्का, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापा र समसामयिक राजनीतिक प्रतिवेदन महामन्त्री विश्वप्रकाश शर्माले तयार गर्ने जिम्मा दिएको छ।