BIZMANDU
www.bizmandu.com

भाटभटेनीको मुख्य कार्यालय परिसरमै नयाँ कर्पोरेट भवनको शिलान्यास

२०८० मंसिर १३

भाटभटेनीको मुख्य कार्यालय परिसरमै नयाँ कर्पोरेट भवनको शिलान्यास
भाटभटेनीको मुख्य कार्यालय परिसरमै नयाँ कर्पोरेट भवनको शिलान्यास

काठमाडौं । भाटभटेनीमा नयाँ कर्पोरेट भवन निर्माण कार्य सुरु भएको छ। आज कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले पूजा गर्दै भवनको शिलान्यास गरेका हुन्।

Tata
GBIME

भाटभटेनीको मुख्य कार्यालयमा नै नयाँ कर्पोरेट भवन निर्माण हुनेछ। सो परिसरमा यसअघि ग्राहकहरुको सुविधाका लागि लिफ्ट सहितको पार्किङ भवन निर्माण गरिसकिएको छ।

कम्पनीले आजको दिनलाई नयाँ अध्यायको सुरुवात भन्दै ग्राहकहरुलाई थप गुणस्तरिय सेवा दिन तयार रहेको जनाएको छ। यस्तै, नयाँ कर्पोरेट भवनको शिलान्याससँगै भाटभटेनीले आफूहरुसँग जोडिएका ग्राहकहरूलाई अझ राम्रो सेवा दिनका सुविधाहरू विस्तार लैजाने जनाएको छ।

देशभर भाटभटेनीका २६ वटा आउटलेट संचालनमा छन्।