BIZMANDU
www.bizmandu.com

कमोडिटी एक्सचेञ्जलाई लाइसेन्स दिन डाकिएको बैठक आधा घण्टा अगाडि अचानक स्थगित

२०८० मंसिर १२

काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले कमोडिटी एक्सचेन्जलाई अनुमति दिन साढे चार बजेका लागि डाकेको बैठक चार बजे स्थगित गरेका छन्।

Tata
GBIME

लाइसेन्स दिन हतार हतार संचालक समिति बैठक डाकेको समाचार सार्वजनिक भएलगत्तै बैठक रद्द गरिएको हो।

बैठकमा कमोडिटी एक्सचेन्ज सिफारिस समितिको प्रतिवेदन ग्रहण गर्ने एजेण्डा थियो। हमालको कार्यकाल पुस मध्यमा सकिँदैछ। कार्यकाल सकिनुअघि नै हमाल कमोडिटी र नयाँ स्टकको लाइसेन्स दिने योजनामा छन्। त्यसैले आज हतार हतार बैठक डाकिएको थियो।

तर समाचार आएपछि बैठक स्थगित भएको हो। बैठकमा सहभागी हुन भनेर राजधानी बाहिर रहेका सञ्चालकहरु समेत हतारहतार आएका थिए। तर बोर्ड कार्यालय जाँदै गर्दा स्थगितको जानकारी गराइएको थियो।