BIZMANDU
www.bizmandu.com

लागूऔषधको मुद्दा मिलाइदिने भनेर घूस लिँदा प्रहरी नायब निरीक्षक साउद अख्तियारको नियन्त्रणमा

२०८० मंसिर १२

लागूऔषधको मुद्दा मिलाइदिने भनेर घूस लिँदा प्रहरी नायब निरीक्षक साउद अख्तियारको नियन्त्रणमा
लागूऔषधको मुद्दा मिलाइदिने भनेर घूस लिँदा प्रहरी नायब निरीक्षक साउद अख्तियारको नियन्त्रणमा

काठमाडौं। अपराधमा संलग्नलाई पक्राउ गर्नुपर्ने जिम्मेवारीका एक प्रहरी आफैं अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।

Tata
GBIME
NLIC

बर्दियाको बढैयाताल गाउँपालिका-६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउद घूस रकमसहित पक्राउ परेका हुन्।

सेवाग्राहीसँग घूस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनलाई मंगलबार नियन्त्रणमा लिएको हो।

साउदलाई इलाका प्रहरी कार्यालयको मुद्दा शाखाबाट ३० हजार रुपैयाँ घूससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।

साउदले लागूऔषधको मुद्दा मिलाइदिन सहजीकरण गरिदिने प्रयोजनका लागि घूस लिएको अख्तियारले जनाएको छ। उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ।