BIZMANDU
www.bizmandu.com

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

२०८० मंसिर १२

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ।

Tata
GBIME

बोर्डले नबिल बैंकलाई ९ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘नबिल डिभेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन तथा बिक्री गर्न मंसीर १० गते अन्तिम स्वीकृति दिएको हो।

बोर्डबाट स्वीकृति पाएसँगै  बैंकले अब ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने छ। ऋणपत्रको अंकित मूल्य प्रति कित्ता १ हजार रुपैयाँ हो।

१ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र बैंकले विभिन्न कम्पनी तथा संस्थालाई बिक्री गर्ने छ। बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र भने सर्वसाधारणलाई बिक्री गरिने छ।

बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा यसअघि नै कुमारी क्यापिटललाई नियुक्त गरिसकेको छ।

बोर्डले चालु आर्थिक वर्ष यसअघि सिटिजन्स बैंक इन्टरनेसनल र कुमारी बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको थियो। ऋणपत्र निष्कासनका लागि अझै ६ वटा बैंक पाइपलाइनमा छन्।