BIZMANDU
www.bizmandu.com

लगातार जितको खोजीमा रहेको काठमाडौंलाई चितवनको चुनौती, आजको खेलमा यी हुन् प्रभावशाली खेलाडी

२०८० मंसिर १२

लगातार जितको खोजीमा रहेको काठमाडौंलाई चितवनको चुनौती, आजको खेलमा यी हुन् प्रभावशाली खेलाडी
लगातार जितको खोजीमा रहेको काठमाडौंलाई चितवनको चुनौती, आजको खेलमा यी हुन् प्रभावशाली खेलाडी


काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दोस्रो चरणको खेलमा आज काठमाडौं रेजर्स र एफसी चितवन भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ।

Tata
GBIME
NLIC

आफ्नो पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराएको काठमाडौं लिगको साविक विजेतासमेत हो।आज चितवन लिगमा आफ्नो पहिलो जितको खोजीमा हुनेछ।

लिगको पहिलो खेलमा काठमाडौंले स्पोर्टिङ इलाममाथि १-० गोलको जित निकालेको थियो भने चितवन पोखरा थण्डर्ससँग १-० गोलअन्तरले नै पराजित भएको थियो। अघिल्लो खेलमा काठमाडौंलाई जित दिलाउन राजीव लोप्चनले निर्णायक गोल गरेका थिए।

त्यस्तै अघिल्लो संस्करणमा खराब प्रदर्शन गरेको एफसी चितवनले यसपाला विदेशी र नेपाली खेलाडीहरुको राम्रो कम्बिनेसन तयार गरेको छ। पहिलो खेलमा पराजित भए पनि पोखरालाई राम्रो चुनौती दिएको चितवन आजको खेलबाट कमब्याक गर्न चाहन्छ।

विशाल श्रेष्ठको कप्तानीमा रहेको चितवनसँग राष्ट्रिय टोलीबाट खेलेका विमल घर्ती मगर, राजेश परियार,छिरिङ गुरुङ लगायत खेलाडी छन। विदेशी खेलाडीमा रफिक अमिनु, मार्को इभानोभिच, टरिक जेब्रिनजस्ता प्रभावशाली खेलाडी छन्।

बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको काठमाडौंसँग घरेलु फुटबलमा प्रभावशाली देखिएका हिसुब थपलिया, प्रशान्त अवस्थी, कुलदीप कार्की छन् भने विदेशी खेलाडी तर्फ आन्द्रेस निया, किंगुइ ओलिभर, एनकेनगुइ जुनियर छन्।