BIZMANDU
www.bizmandu.com

सन् २०२३ को बुकर पुरस्कार ‘प्रोफेट सङ्ग’लाई, लेखकले पाए ८३ लाख रुपैयाँ

२०८० मंसिर ११

सन् २०२३ को बुकर पुरस्कार ‘प्रोफेट सङ्ग’लाई, लेखकले पाए ८३ लाख रुपैयाँ
सन् २०२३ को बुकर पुरस्कार ‘प्रोफेट सङ्ग’लाई, लेखकले पाए ८३ लाख रुपैयाँ

सन् २०२३ को बुकर पुरस्कार ‘प्रोफेट सङ्ग’लाई प्रदान गरिएको छ। सो किताब आयरल्याण्डका ४६ वर्षीय लेखक पउल लिन्चले लेखेका हुन्।

Tata
GBIME
NLIC

एक समारोहबीच उनलाई पुरस्कार हस्तान्तरण गरिएको छ। उनले पहिलोपटक प्रतिष्ठित ‘फिक्सन’ लेखन पुरस्कार जितेका हुन्।

किताबमा एउटा डरलाग्दो नयाँ संसारसँग लडिरहेको परिवारको कथा छ। जसमा उनीहरूले प्रयोग गरिएका प्रजातान्त्रिक मान्यताहरू हराउन थाल्छन्।

लिन्चले सिरिया युद्ध र शरणार्थी संकटबाट प्रभावित भएर किताब लेखेको बताएका छन्। उनले आफू ‘राजनीतिक आख्यानकार’ नभएको बताउँदे सो किताब १८ महिना अघि लेख्न सकाएको बताएका छन्।

सो पुरस्कारसँगै उनले ५० हजार पाउण्ड (८३ लाख रुपैयाँ बढी) पनि प्राप्त गरेका छन्। यो उनको पाँचौ किताब हो।