BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकले बढायो शाखा, ३५१औं शाखा बैतडीको पाटन बजारमा

२०८० मंसिर ११

ग्लोबल आइएमई बैंकले बढायो शाखा, ३५१औं शाखा बैतडीको पाटन बजारमा
ग्लोबल आइएमई बैंकले बढायो शाखा, ३५१औं शाखा बैतडीको पाटन बजारमा


काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्नो सञ्जाल बिस्तार गरेको छ। बैंकले बैतडीको पाटन नगरपालिका-६ स्थित पाटन बजारमा बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यो बैंकको ३५१ औं शाखा हो।

Tata
GBIME
NLIC

बैंकको नयाँ शाखाको पाटन नगरपालिकाका प्रमुख गौरी सिंह रावलले एक समारोहबीच उद्‍घाटन गरेका छन्। देशका ७७ जिल्लामै बैंकका शाखा छन्।

बैंकले ३५१ शाखाका साथै ३६९ एटीएम, २७४ शाखारहित बैंकिङ, ६६ वटा एक्सटेन्सन तथा राजस्‍व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट ४५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिंदै आएको छ।