BIZMANDU
www.bizmandu.com

लैङ्गिक हिंसाविरुद्ध वसन्तपुरमा सचेतनामूलक नाटक प्रदर्शन

२०८० मंसिर १०

लैङ्गिक हिंसाविरुद्ध वसन्तपुरमा सचेतनामूलक नाटक प्रदर्शन
लैङ्गिक हिंसाविरुद्ध वसन्तपुरमा सचेतनामूलक नाटक प्रदर्शन

काठमाडौं। अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसर पारेर सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सचेतनामूलक नाटक प्रदर्शन गरेको छ। महासंघले वसन्तपुरमा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन गरेको हो।

Tata
GBIME

‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्‍चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्‍ने नाराका साथ नाटक प्रदर्शन गरिएको थियो। कलाकार राजु झल्लु प्रसादको परिकल्पनामा नाटक देखाइएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस २५ नोभेम्बरका दिनमा हरेक वर्ष फरक नाराका साथ मनाइने गरिन्छ। यस दिवसका अवसरमा १० डिसेम्बरसम्म संसारभर विभिन्‍न कार्यक्रमहरुको आयोजना गर्ने गरिन्छ।