BIZMANDU
www.bizmandu.com

अलिबाबाको ‘मार्केट भ्यालु’मा भारी गिरावट, १० लाख सेयर बेच्ने निर्णयबाट पछि हटे ज्याक मा

२०८० मंसिर १०

अलिबाबाको ‘मार्केट भ्यालु’मा भारी गिरावट, १० लाख सेयर बेच्ने निर्णयबाट पछि हटे ज्याक मा
अलिबाबाको ‘मार्केट भ्यालु’मा भारी गिरावट, १० लाख सेयर बेच्ने निर्णयबाट पछि हटे ज्याक मा

चिनियाँ अर्बपति ज्याक मा लाखौं डलर मूल्य पर्ने अलिबाबा कम्पनीको सेयर बिक्री गर्ने निर्णयबाट पछि हटेका छन्। गत साता कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएसँगै उनी हाल सेयर बिक्री नगर्न निर्णयमा पुगेका हुन्।

Tata
GBIME
Nepal Life

ज्याक माले ८७१ मिलियन (करिब १ खर्ब १५ अर्ब रुपैयाँ) पर्ने १० लाख सेयर बिक्री गर्ने तयारी गरेका थिए।

सेयरको मूल्य ज्याक माले अनुमान गरेको भन्दा कम भाउमा पुगेको छ। त्यसयता उनको कम्पनीको एक कित्ता सेयर पनि बिक्री भएको छैन।  

अलिबाबाले तेस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेपछि कम्पनीको सेयर बिक्री हुन लागेको खुलेको हो।

गत बिहीबार न्यूयोर्कमा अलिबाबाको स्टक ९ प्रतिशतले घटेको थियो भने हङकङमा १० प्रतिशतले सेयर मार्केटमा मूल्य घटेको थियो। सो गिरावटले कम्पनीको मार्केट भ्यालु २६ खर्ब ५८ अर्बले घटेको जनाइएको छ।