काठमाडौं। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकाे भुक्तानी कारोबार नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को प्रणालीमार्फत हुने भएको छ।
डिजिटल माध्यमबाट भुक्तानी कारोबार गर्न कम्पनी नेशनल पेमेन्ट स्वीच (एनपीएस) मा आबद्ध भएको हो।
यसका लागि लिबर्टीका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै लिबर्टी माइक्रो एनपीएसमा आबद्ध पाँचौ लघु बीमा कम्पनी भएको छ।
कम्पनीका आन्तरिक प्रणालीलाई एनसीएचएलको एनपीएससँग जोडी बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ।