BIZMANDU
www.bizmandu.com

घलेम्दीले आजबाट पुँजीको २०० प्रतिशत हकप्रद जारी गर्‍यो, कात्तिक २ सम्मकालाई अवसर

२०८० मंसिर १०

घलेम्दीले आजबाट पुँजीको २०० प्रतिशत हकप्रद जारी  गर्‍यो, कात्तिक २ सम्मकालाई अवसर
घलेम्दीले आजबाट पुँजीको २०० प्रतिशत हकप्रद जारी गर्‍यो, कात्तिक २ सम्मकालाई अवसर

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले आजबाट हकप्रद सेयर जारी गरेको छ। पुस १ गतेसम्म जारी हुने हकप्रदका लागि कात्तिक २ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्छन्।

Tata
GBIME

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ बराबरको हकप्रद जारी गरेको हो। कुल एक करोड १० लाख कित्ता जारी गरिनेछ।

विद्यमान सेयरधनीले एक कित्ता सेयर बराबर २ कित्ताका लागि आवेदन दिन सक्छन। बजारमा यो कम्पनीको सेयर प्रति कित्ता १३० को हाराहारीमा खरिद बिक्री भइरहेको छ।

कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ छ। यसको २०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो।