BIZMANDU
www.bizmandu.com

बागबजारबाट समातिए हुण्डी कारोबारी, मोबाइलमा भेटियो ग्याम्बलिङका विभिन्न एप

२०८० मंसिर ७

बागबजारबाट समातिए हुण्डी कारोबारी, मोबाइलमा भेटियो ग्याम्बलिङका विभिन्न एप
बागबजारबाट समातिए हुण्डी कारोबारी, मोबाइलमा भेटियो ग्याम्बलिङका विभिन्न एप

काठमाडौं। हुन्डी कारोबार गरेको आरोपमा एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको छ।

Tata
GBIME

काठमाडौं महानगरपालिका वडा २८ बागबजारबाट रुपेश श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनले प्रयोग गर्ने मोबाइलमा नेपाल राष्ट्र बैकसँग इजाजत पत्र नलिई विद्युतीय माध्यम क्यास एप जस्ता एप प्रयोग गरी हुन्डी, अनलाइन ग्याम्बलिङ, क्रिप्टो जस्ता कारोबार गरेको खुलेको छ।

घरमा खानतलासी गर्दा ८९ लाख ६९ हजार रुपैयाँ, ७ हजार २६ अमेरिकी डलर गरेर जम्मा ९९ लाख २ हजार ८ सय २५ रुपैयाँ बरामद गरेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।