BIZMANDU
www.bizmandu.com

बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीबिच झडप, प्रहरीले चलायो लाठी

२०८० मंसिर ७

बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीबिच झडप, प्रहरीले चलायो लाठी
बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीबिच झडप, प्रहरीले चलायो लाठी

काठमाडौं। बल्खुमा युवा संघ नेपाल र दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीबिच झडप भएको छ। बल्खु पुगेका प्रसाईं समूहमाथि युवा संघका प्रदर्शनकारीले आक्रमण गरेपछि केही समय अवस्था अशान्त बनेको थियो।

Tata
GBIME
NLIC

दुवै पक्षले ढुंगा हानाहान गरेका थिए। त्यसपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन लाठी चार्ज गरेका थिए।

दुर्गा प्रसाईं समूह र युवा संघ नेपालले घोषणा गरेको कार्यक्रमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाभित्र सुरक्षा व्यवस्था मिलाइएको छ।

आज उपत्यकाभित्र ८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ। सूचना संकलनको लागि राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि परिचालन गरिएको छ।