BIZMANDU
www.bizmandu.com

युवा संघ नेपालले गरेको प्रदर्शनका कारण तीनकुने क्षेत्रमा प्रभावित भयो आवागमन

२०८० मंसिर ७

युवा संघ नेपालले गरेको प्रदर्शनका कारण तीनकुने क्षेत्रमा प्रभावित भयो आवागमन
युवा संघ नेपालले गरेको प्रदर्शनका कारण तीनकुने क्षेत्रमा प्रभावित भयो आवागमन


काठमाडौं। नेकपा (एमाले) निकट भ्रातृ संगठन युवा संघ नेपालले बिहीबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेको छ। युवा संघको प्रदर्शनलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले गरिरहेको प्रदर्शनको प्रतिकारको रुपमा पनि हेरिएको छ।

Tata
GBIME
NLIC

युवा संघको प्रदर्शनका कारण तीनकुने क्षेत्रको आवागमन प्रभावित भएको छ। तीनकुने हुँदै आवतजावत गर्ने सार्वजनिक सवारी साधनको आवागमन प्रभावित भएको छ भने निजी सवारी साधन फाट्टफुट्ट चलेका छन्।

उक्त क्षेत्रमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। युवा संघ र प्रसाईं समूहले घोषणा गरेको कार्यक्रमलाई मध्यनजर गर्दै आज काठमाडौं उपत्यकाभित्र ८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन्।